बाबुरामको टिप्पणी : घोषणापत्रको गुणस्तरमा सुधार, कार्यान्वयन चुनौतीपूर्ण

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार ११:२६

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले सार्वजनिक गरेका चुनावी घोषणापत्रका लक्ष्यहरू महत्वकांक्षी भए पनि संरचनात्मक सुधारविना ती पूरा नहुने टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले घोषणापत्रको गुणस्तरमा सुधार आएको तर कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको औंल्याएका हुन्।

जनता र विशेष गरी युवा पुस्ताको बढ्दो आकांक्षाका कारण दलहरूले उच्च लक्ष्य राख्न बाध्य भएको उनको ठहर छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एजेन्डाहरू संक्षिप्त र प्रष्ट रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा समेत गरेका छन्। आफू अर्थमन्त्री हुँदा उच्च लक्ष्य राख्नुपर्छ भन्ने मान्यताका साथ बजेट ल्याएको स्मरण गर्दै उनले अहिले सबै दलले आर्थिक विकासको सपना देख्नु सकारात्मक भएको बताए।

डा. भट्टराईले ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ को नारालाई सार्थक बनाउन र युवा बेरोजगारी अन्त्य गर्न विद्यमान संरचनामा परिवर्तन आवश्यक रहेकोमा जोड दिएका छन्। उनले दिगो राजनीतिक स्थिरताका लागि ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ र ‘पूर्ण समानुपातिक संसद’ को व्यवस्था अनिवार्य रहेको दाबी गरे। साथै, नेपालले छिमेकी राष्ट्रहरू चीन र भारतको अर्थतन्त्रसँग जोडिन ‘गतिशील पुल’ को अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ।

प्रमुख दलहरू शासकीय स्वरूप परिवर्तनको विषयमा मौन रहेकोमा असन्तुष्टि जनाउँदै उनले रास्वपाले यी विषयलाई उठाएकोमा केही आशा पलाएको बताएका छन्। संरचनात्मक सुधार नगरी ल्याइएका घोषणापत्रहरू ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हुने चेतावनी दिँदै उनले निर्वाचनलाई कर्मकाण्डमा मात्र सीमित नगर्न आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.