१९ करोड अकुत सम्पत्ति आर्जन गर्ने नासु गुप्ताको मुद्दा सर्वोच्चमा

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार ११:३६

काठमाडौं । १९ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जनसहित ६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बाराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्ताको मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो।

मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध सात वटा मुद्दा दायर गरेको थियो। सरकारी सेवामा २९ वर्ष रहँदा २८ लाख रुपैयाँ मात्र तलब बुझेका उनले १९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति जोडेको पाइएपछि अख्तियारले अनुसन्धान थालेको थियो। विशेष अदालतले सातमध्ये ६ वटा मुद्दामा उनलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो भने एउटा मुद्दामा उनले सफाइ पाएका थिए।

गुप्ताले मालपोत र बैंकका नक्कली रसिद प्याड प्रयोग गरी राजस्व हिनामिना गरेको पुष्टि भएको छ। उनलाई राजस्व हिनामिनाका विभिन्न मुद्दामा ६ वर्षसम्म कैद र करोडौं रुपैयाँ जरिवानाको फैसला भएको छ। यस्तै, गैरकानुनी सम्पत्ति आर्जनमा २ करोड ८९ लाख बिगो कायम गर्दै एक वर्ष कैद र सरकारी कागजात नष्ट गरेको अभियोगमा ९ महिना कैद सजाय सुनाइएको छ।

हाल कारागारमा रहेका गुप्ताका यी सबै मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्चले गर्नेछ। विशेष अदालतले सुनाएको कैद र जरिवानाको फैसला विरुद्ध उनी सर्वोच्च पुगेका हुन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.