एमालेको झण्डा नजलाएको रास्वपाको स्पष्टीकरण

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १५:२४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (एमाले) को झण्डा आफूहरूले नजलाएको प्रस्ट पारेको छ। दाङको तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै रास्वपाले दोषीमाथि छानबिन गरी कारबाही गर्न माग समेत गरेको छ।

बिहीबार राति तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै पार्टीको चुनाव चिह्न अंकित झण्डा जलाएको थियो। उक्त घटनापछि एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गरी रास्वपा कार्यकर्ताले झण्डा जलाएको आरोप लगाउँदै यसलाई ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए।

एमालेको यो आरोपलाई रास्वपा सभापति रवि लामिछानेले खण्डन गरेका छन्। यस्तै, रास्वपा दाङका जिल्ला सभापति विनय घिमिरेले पनि विज्ञप्ति निकालेर घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौँ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.