
पथरी । नेकपा एमालेकाे भातृ संगठन नेसनल भोलेन्टियर फोर्स पथरी शनिश्चरेको नयाँ कमाण्ड गठन भएकाे छ । शुक्रबारकाे भेलाले विमल राईको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित फोर्सको कमाण्डरमा विमल राई छन्, सहकमाण्डरमा शेर लिम्बु, अनिष नेपाली, छत्र लिम्बु, रोहित वान्तवा र अश्री बास्तोला छन् । फोर्सलाई थप सशक्त र व्यवस्थित बनाउन १५१ जना सदस्यहरू रहने गरी बृहत् कमाण्ड निर्माण गरिएको फाेर्सले जनाएकाे छ । नवगठित कमाण्डले पथरी शनिश्चरे क्षेत्रमा सामाजिक गतिविधि र युवा परिचालनलाई प्राथमिकता दिने नवनिर्वाचित कमाण्डर राईले बताए ।
























