अधुरा विकासका काम पूरा गर्न कांग्रेसलाई जिताउनुस् : कोइराला

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार ११:१७

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विकासका अधुरा कामहरू पूरा गर्न कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्। विराटनगर–४ कञ्चनबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले अधुरा योजनाहरूलाई पूर्णता दिन कांग्रेसले जित्नुपर्ने बताए।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका कोइरालाले भ्रष्टाचार निर्मूल पार्न सुशासन अनिवार्य रहेको उल्लेख गरे। उनले सुशासन विना विकास सम्भव नहुने भन्दै विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि कांग्रेसलाई अत्यधिक मत दिएर जिताउन अपिल गरे।

आफ्नो निर्वाचन क्षेत्रमा विगतदेखि नै धेरै विकासका कामहरू भइरहेको बताउँदै उनले ती कामको सफल कार्यान्वयनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गरे। चुनावी सभामा सहभागी स्थानीय युवा केशव गिरीले क्षेत्रको अधुरा काम सम्पन्न गर्न डा. शेखरकै आवश्यकता रहेको धारणा राखे।

राजकुमार तब्दारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसकी समानुपातिक उम्मेदवार प्रमिला गच्छदार लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.