रौतहटमा फेरि झडप, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार ११:२५

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः दुई पक्षबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ मात्र ६ बुँदे सहमति भए पनि शनिबार बिहान ९ बजेदेखि फेरि ढुङ्गामुढा सुरु भएको हो।

झडप नियन्त्रण बाहिर जान लागेपछि स्थिति सम्हाल्न प्रहरीले १२ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार चार–पाँच सय जनाको भीड जम्मा भएर प्रदर्शन गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको हो।

विवाहको जन्ती जाने क्रममा दुई समुदायबीच सुरु भएको विवादले उग्र रूप लिँदा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा भएको वार्तामा सामाजिक सद्भाव कायम गर्ने र आगामी २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नहुँदै पुनः हिंसा भड्किएपछि प्रशासन चिन्तित बनेको छ। प्रहरीले अहिले सवगढा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ भने सर्वसाधारणलाई संयमता अपनाउन र शान्ति कायम राख्न अपिल गरेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.