रौतहटको गौरमा सेना परिचालन र कर्फ्युबीच पनि आगजनी

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार १५:३८

गौर। रौतहटको सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरी नेपाली सेनासमेत परिचालन गरिए पनि भित्री भागहरूमा आगजनीका घटनाहरू रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाए पनि गौर नगरपालिका–४ मचकुटिया टोलमा भर्खरै एउटा स्कुटरमा आगजनी भएको छ।

अहिलेसम्म प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिप जलाइसकेका छन्। सेना सडकमा उत्रिएपछि मुख्य बजार क्षेत्र शान्त देखिए पनि भित्री गल्ली र टोलहरूमा अवस्था अझै तनावग्रस्त छ।

तनावको मुख्य कारण गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीचको विवाद हो। मुस्लिम समुदायले मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै सुरु भएको विवादले उग्र रूप लिएको हो। विवाद बढ्दै जाँदा वडा नम्बर ४, ५ र ६ मा झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। झडपका क्रममा केही घरमा तोडफोड हुनुका साथै केही व्यक्ति सामान्य घाइते भएका छन्। थप हिंसा फैलिन नदिन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन्। प्रशासनले कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए पनि भित्री वस्तीहरूमा लुकीछिपी तोडफोड र आगजनी भइरहेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.