फागुन २१ पछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार १६:४४

ललितपुर । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व सम्हाल्ने दाबी गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले आफूहरू पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने बताएको हो।

एमालेका प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले विगतका काम र चुनावी प्रतिबद्धताका आधारमा एमाले सर्वाधिक लोकप्रिय दल बन्ने जिकिर गरे। उनले भने, ‘हामीले गरेका वाचा र विगतका उपलब्धिका आधारमा नेकपा एमाले पहिलो पार्टी बन्ने निश्चित छ।’

एमालेले आफ्नो पार्टीको बढ्दो लोकप्रियता देखेर निर्वाचन प्रभावित पार्ने गरी विभिन्न शक्तिहरूले षड्यन्त्र बुनिरहेको आरोपसमेत लगाएको छ। संवैधानिक सर्वोच्चता, कानुनी शासन र सामाजिक न्यायका मुद्दामा एमाले स्पष्ट रहेकाले जनताले फेरि पनि एमालेलाई नै रोज्ने शाहीको भनाइ छ।

साथै, निर्वाचनपछि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न मुलुक अघि बढ्ने एमालेले प्रस्ट पारेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.