सुनसरी–४ मा झडपपछि प्रशासनद्वारा सर्वदलीय बैठक आह्वान

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार १९:३०

विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक बोलाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने उद्देश्यले आइतबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको हो । प्रशासनले निर्वाचन प्रचारप्रसारका क्रममा हुन सक्ने विवाद र तनावलाई आपसी समझदारीबाट समाधान गर्न जिल्लाका सबै राजनीतिक दलका आधिकारिक प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ।

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलता बढेको भन्दै प्रशासनले सबै दललाई संयमता अपनाउन र कानुनको पालना गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.