जनमत पार्टीका जिल्ला इन्चार्ज र वडा अध्यक्षसहित २३ जना पक्राउ

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार ११:१७

रौतहट। रौतहटको सदरमुकाम गौरमा हिन्दु र मुस्लिम समुदायबीचको विवादलाई थप उत्तेजित बनाएको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज र एक वडा अध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनमतका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार जम्सेद र शाहका साथै कर्फ्यू उल्लङ्घन गर्ने अन्य २१ जनालाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ लगायत रहेका छन्। शनिबार मध्यान्ह १ बजेदेखि गौरका विभिन्न चार किल्ला (पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण भन्सार कार्यालय) भित्र लगाइएको कर्फ्यू हालसम्म जारी रहेको छ।

विवादको सुरुवात जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि भएको थियो। मुस्लिम समुदायले रमजानको समयमा नमाज पढिरहेका बेला ठूलो आवाजमा डिजे बजाएर अवरोध पुर्‍याएको आरोप लगाएका छन्। शनिबार दुई समूहबीच भएको उग्र झडपका क्रममा गौरमा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी गरिएको थियो।

अहिले जिल्ला प्रशासन कार्यालयमा यो विवाद समाधानका लागि सर्वपक्षीय छलफल भइरहेको डीएसपी बस्यालले जानकारी दिए। प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.