निर्वाचन बिथोल्ने तत्व सक्रिय रहेको कांग्रेसको दाबी

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १७:०६

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न विभिन्न तत्वहरू सक्रिय रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले निर्वाचन विरोधी रणनीतिलाई असफल पार्दै तोकिएकै समयमा चुनाव गराउन सरकार दृढ हुनुपर्ने बताए।

लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको मुख्य स्रोत जनताको मत भएको चर्चा गर्दै प्रवक्ता चालिसेले जनसर्वोच्चतालाई सबैले स्वीकार्नुपर्नेमा जोड दिए। ‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्वहरू लागिरहेका छन्, तर सरकारले दृढताका साथ निर्वाचन सम्पन्न गर्नुपर्छ,’उनले भने। उनले सबै राजनीतिक दलहरूका लागि निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको समेत स्पष्ट पारे।

पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचनअघि ‘राष्ट्रिय सहमति’ को कुरा गरेको सन्दर्भमा सोधिएको प्रश्नमा प्रवक्ता चालिसेले त्यसलाई निजी अभिव्यक्तिको संज्ञा दिए। उनले भने, ‘प्रत्येक व्यक्तिको आफ्नो स्वतन्त्रता हुन्छ, त्यसैले निजी अभिव्यक्तिमा पार्टीले कुनै टिप्पणी गर्दैन। तर, देशको शासन चलाउने वैधानिक बाटो निर्वाचन र जनमत नै हो।’

कांग्रेसमा विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ताहरू प्रवेश गर्ने लहर चलेको दाबी गर्दै उनले यसले पार्टीलाई बहुमतको दिशामा पुर्‍याएको बताए। निर्वाचनपछि बन्ने जनमतको सरकारले नै देशका वर्तमान समस्याहरू समाधान गर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.