फिर्ता बोलाइएका ७ राजदूतले छोडे पद

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १७:१९

काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले आफ्नो पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। ‘जेनजी’ आन्दोलनपछि गठित वर्तमान सरकारले असोजको अन्तिम साता विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो, जसमध्ये ढकालले केही समयअघि राजीनामा बुझाएका थिए।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, ढकालको राजीनामा आइतबार स्वीकृत भएको हो। सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये हालसम्म ७ जनाले राजीनामा दिइसकेका छन्। यसअघि रुसका लागि जङ्गबहादुर चौहान, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्रकुमार घिमिरे र कतारका लागि रमेश पौडेलले पदबाट राजीनामा दिइसकेका छन्।

फिर्ता बोलाइएकामध्ये चार जना राजदूतले भने हालसम्म राजीनामा दिएका छैनन्। जर्मनीका लागि राजदूत शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल र जापानका लागि राजदूत डा. दुर्गाबहादुर सुवेदी अझै मन्त्रालयमा हाजिर भएर समय बिताइरहेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.