धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार ११:५७

काठमाडौं। धादिङमा भएको विभत्स बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। सोमबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको बैठकले घटनाको सूक्ष्म अनुसन्धान गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।

दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री ओम प्रकाशको उपस्थितिमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र यातायात व्यवसायी महासंघका प्रतिनिधिबीच छलफल भएको थियो। उक्त छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्। १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल कलंकीस्थित नेशनल अस्पतालमा १० जना र ट्रमा सेन्टरमा १४ जना घाइतेको उपचार भइरहेको छ। घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.