ट्रकले किच्दा इलाममा १ जनाको मृत्यु

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १३:२५

विराटनगर। मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङगेमा सोमबार बिहान भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ।

झापाको बिर्तामोडबाट इलाम जाँदै गरेको प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार झापा बिर्तामोड–५ का ५० वर्षीय मनोज चौधरीको ज्यान गएको हो।

प्रहरीका अनुसार मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी मोटरसाइकलबाट सडकमा लडेका थिए। सोही समयमा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ। मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ ।

प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.