सुनसरीका ५९ मतदानस्थल ‘अति संवेदनशील’

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १४:४४

इनरुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लाका ५९ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाअनुसार विशेष गरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थलहरू सुरक्षाको हिसाबले उच्च जोखिममा देखिएका हुन्।

प्रशासनका अनुसार बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकाका सबै मतदानस्थललाई अति संवेदनशील मानिएको छ। दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाका ६ वटा, गढी गाउँपालिकाका ३ वटा, इनरुवा–९ का ४ वटा र धरान–५ को हिमाली माध्यमिक विद्यालय देउराली मतदानस्थललाई पनि सोही सूचीमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालयले दक्षिणी खुला नाकालाई मुख्य सुरक्षा चुनौतीका रूपमा हेरेको छ। निर्वाचनका बेला सीमा पारिबाट हुन सक्ने शङ्कास्पद गतिविधि र आपराधिक घुसपैठ रोक्न भारतीय समकक्षीसँगको समन्वयमा नाकामा दुईतर्फी चेकजाँच र कडाइ थालिएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै अवाञ्छित कार्य हुन नदिन प्रशासनले निरन्तर सर्वदलीय र सर्वपक्षीय बैठकहरू गरिरहेको छ।

विशेष गरी ‘जेनजी मुभमेन्ट’ र पुराना दलहरूबीच हुन सक्ने सम्भावित तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा प्रबन्धमा विशेष जोड दिइएको छ। जिल्लाको शान्ति सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको विशेष टोली कार्यक्षेत्रमा परिचालित भइसकेको छ।

सुनसरीका ४ वटा निर्वाचन क्षेत्रमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदानस्थल र ५९१ मतदान केन्द्र तोकिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरीमा यसपटक ५ लाख ८० हजार ९ सय ४५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.