
दमक । नेकपा (एमाले) ले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) कोशी युनिफाइड कमान्डको घोषणा गरेको छ। सोमबार झापाको दमकमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस युनिफाइड कमान्डको औपचारिक घोषणा गरेका हुन्।
पार्टीका स्वयंसेवकहरूलाई एकीकृत र व्यवस्थित परिचालन गर्ने उद्देश्यले यो नयाँ कमान्डको संरचना तयार पारिएको एमालेले जनाएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो।
























