
काठमाडौं। सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई तत्काल छाड्न नमिल्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। अ
दालतले बास्तोलालाई पक्राउ गर्नुको लिखित कारण पेस गर्न सरकारका नाममा आदेश समेत जारी गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
बास्तोला पक्राउ परेपछि शावित्रीकुमारी वलीले जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसर काठमाडौँ लगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

























