कांग्रेसको आपत्ति: झण्डा जलाउने र विद्वेष फैलाउने कार्य तत्काल बन्द गर्न माग

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १८:५१

काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन प्रचारका क्रममा विभिन्न राजनीतिक दलका झण्डा जलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिप्रति कडा आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनालाई लक्षित गर्दै यस्ता निन्दनीय कार्य तत्काल बन्द गर्नुपर्ने बताए। कसैको आस्थामा चोट पुर्‍याउने, व्यक्तिगत निन्दा गर्ने र पार्टीको झण्डा जलाउने कार्य लोकतान्त्रिक संस्कार विपरीत हुने कांग्रेसको ठहर छ।

प्रवक्ता चालिसेले देशका विभिन्न स्थानमा सामाजिक विद्वेष फैलाउने र घृणायुक्त अभिव्यक्ति दिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे।

उनले जनताबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरे। निर्वाचनको समयमा यस्ता अराजक क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै कांग्रेसले संयमता अपनाउन अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.