
विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले चुनाव सार्ने भए चार दिन वर सार्न आग्रह गरेका छन् । पछिल्लो समय विभिन्न दलका नेताहरुले चुनाव सार्न प्रस्ताव गरेका थिए ।
इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानले चुनाव सार्ने भए चार दिन अघि सार्नुपर्ने बताएका हुन् । ‘चुनाव सारौं सारौं भन्नेहरुलाई यति भन्न चाहन्छु, चुनाव सार्ने भए चार दिन अघि सारौं, हामीलाई ठिक छफ,’ उनले भने,’
चुनाव गराैं, चुनावकाे दिएकाे परिणाम स्विकार गराैं देश अगाडि बढ्छ ।’
























