
महोत्तरी । जेन्जीहरुको माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् ।
जेन्जी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरेका हुन् ।
बुधबार महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने बताए ।
























