भोजपुरमा नेकपा छाड्नेको लहर

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १८:०६

भोजपुर । भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाड्नेको लहर चलेको छ ।

नेकपाका नेता कार्यकर्ता पार्टी छाडेर धमाधम नेकपा (एमाले) प्रवेश गरिरहेका हुन् । जिल्लाको रामप्रसादराई गाउँपालिका–६ कन्यदहमा बिन्द्र राई र पाण्डव राईलगायतका नेता कार्यकर्ता नेकपा छाडेर एमाले प्रवेश गरेको पार्टीले जनाएको छ ।

उनीहरुलाई एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन् । नेकपाबाट देश तथा जिल्लाले निकास नपाउने भन्दै एमाले प्रवेश गरेको उनीहरुले बताएका छन् ।

एमाले उम्मेदवार शेरधन राईको भोजपुर बदल्ने संकल्पलाई साथ दिन आफूहरु एमाले प्रवेश गरेको उनीहरुको भनाइ छ । पाण्डव तत्कालीन नेकपा (माओवादी केन्द्र) रामप्रसादराई गाउँपालिका–६ का उपाध्यक्ष हुन् भने बिन्द्र वडा कमिटी सदस्य थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.