‘फागुन २१ अघि रास्वपाको सरकार, त्यसपछि हुँदैन’

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १९:५३

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मात्रै सरकार रहेको भन्दै त्यसपछि रास्वपाको सरकार नबन्ने दाबी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको क्षेत्र नम्बर ५ मा बिहीबार पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘२१ गते अघि त रास्वपाको मात्रै सरकार छ । त्यसपछि हुँदैन । बंगलादेश देख्नु भएन ?’ चुनावी चर्चा र मतान्तरका बारेमा ओलीले झापा–५ मा आफू २०–२५ हजार मतान्तरले जित्ने अनुमान पनि व्यक्त गरे ।

उनले भने, ‘देख्या हो भने सपना हो । नदेख्या भए कविता हो । बालेन्द्र शाहको ३० हजार मतान्तरले हराउने दाबी गलत हो ।’ ओलीले झापा–५ का आफ्ना प्रतिस्पर्धीमध्ये बालेन्द्र नयाँ मात्रै नभएर सबै उम्मेदवार अनुभवहीन रहेको पनि बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.