एमाले अध्यक्ष ओलीको घरदैलो: अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार ११:२०
झापामा रास्वपा सहित विभिन्न दलका ३५० बढी कार्यकर्ता एमालेमा प्रवेश

झापा। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानलाई तीव्र पारेका छन्। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमकलगायत विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रम गरेका हुन्।

घरदैलोका क्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठुलो उपस्थिति रहेको थियो। सो अवसरमा उनले विशेषगरी युवाहरूसँग देशको भविष्य र विकासका एजेन्डाबारे संक्षिप्त छलफल गरे। दमक नगरपालिकाका विभिन्न वडामा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए।

जनताका माग र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए। उनले झापा–५ लाई नमुना क्षेत्र बनाउने संकल्प समेत व्यक्त गरे। ओलीको सक्रियताले झापा क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी ह्वात्तै बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.