गगनको दाबी: ‘अबका ५ वर्ष कांग्रेसले तीव्र गतिमा देश हाँक्नेछ’

Share this
813shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १७:००

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्ष कांग्रेसले देशको नेतृत्व सम्हाल्दै तीव्र रूपमा विकास र समृद्धिको बाटोमा अगाडि बढाउने दाबी गरेका छन्।

शनिबार सर्लाही क्षेत्र नम्बर १ को बैलबास बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले विवेक र सावधानीका साथ कांग्रेसले देशको बागडोर सम्हाल्ने बताए।

सभापति थापाले २०७४ पछिका वर्षहरूमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू सरकारमा सहभागी हुँदा कतिपय गल्तीहरू भएको स्वीकार गरे।

उनले देशका विद्यमान कतिपय ऐन-कानुनहरू बाधक रहेका कारण निजी क्षेत्र र वैदेशिक लगानीकर्ताहरू लगानी गर्न हच्किएको उल्लेख गरे। कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ती कानुनी अवरोधहरूलाई हटाएर लगानीमैत्री वातावरण बनाइने उनले प्रतिबद्धता जनाए।

वर्तमान जटिल परिस्थितिमा नयाँ सोच, जोस र जाँगर बोकेको एक मात्र पार्टी कांग्रेस नै भएको दाबी गर्दै उनले मतदाताहरूसँग आगामी निर्वाचनमा पूर्ण समर्थनका लागि अपिल गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.