इरानका नेता खामेनी मारिएकाे अमेरिकी दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १७, आइतबार ०५:४३

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएकाे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई “इतिहासकै सबैभन्दा क्रुर व्यक्तिमध्ये एक” संज्ञा दिँदै उनको मृत्यु भएको दाबी गरेका  हुन् । इरानले भने खामेनी जिवित रहेकाे र युद्धको निर्देशन दिइरहेको दाबी गरेकाे छ ।

Advertisement

ट्रम्पका अनुसार अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही र अत्याधुनिक ट्र्याकिङ प्रणालीका कारण खामेनी र अन्य इरानी नेताहरू बच्न सफल भएनन्।

यो घटनालाई ट्रम्पले इरानी जनताका लागि न्याय र आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसरका रूपमा व्याख्या गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.