कांग्रेस र कांग्रेस (बीपी) बीच एकता अन्तिम चरणमा

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १६:१८

काठमाडौं। नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बीच फागुन २१ गतेको निर्वाचन अघि एकता गरिने भएको छ। कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी) का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच यसबारे अन्तिम चरणको कुराकानी भइरहेको जनाइएको छ।

नेता मल्लले एकताको प्रक्रिया सुरु भएको जानकारी दिए।निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि सोमबारसम्म मात्रै समय दिएकाले निर्वाचन अघि एकता गर्ने भए सोमबारसम्म गरिसक्नुपर्छ।

सुशीलमान शेरचन नेतृत्वको कांग्रेस (बीपी) सँग कांग्रेस सभापति गगन थापाको पहलमा एकताको प्रयास भइरहेको हो। कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.