
काठमाडौं । नेपाली कांग्रेसकाे नेतृत्वमा युवा पुस्ता अाएपछि नेपाली कांग्रेस (बीपी) कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराए ।
सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी गराएका हुन् । कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् ।
पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए । डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत भएका थिए ।
























