
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य सुमन खड्का नेकपामा प्रवेश गरेका छन्।
सोमबार खड्कासँगै बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुर महालक्ष्मी ६ का वडा सदस्य सुरेन्द्र महर्जन पनि सो पार्टीमा प्रवेश गरेका हुन्।
उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे।
























