केराबारीमा खड्ग फागाेकाे शक्ति प्रदर्शन

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार २२:२१

विराटनगर   मोरङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खड्ग फागोको समर्थनमा विशाल चुनावी र्‍याली र कोणसभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका फागोको पक्षमा जनलहर देखाउने उद्देश्यले केराबारीदेखि उर्लाबारीसम्म शक्ति प्रदर्शन गरिएको हो ।

केराबारीबाट सुरु भएको र्‍याली लेटाङ, मिक्लाजुङ र मधुमल्ला हुँदै उर्लाबारीमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै फागोले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताए । उनले जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा कांग्रेस नेताहरू डिगबहादुर लिम्बु, शङ्कर राई, शोभा चेम्जोङ पालुङ्वा र विजय कार्कीले फागोको पक्षमा माहोल बलियो बन्दै गएको दाबी गर्दै रुख चिन्हमा मतदान गर्न आह्वान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.