
काठमाडौं । नेपाली सेनाले गैर–राजनीतिक चरित्रलाई कायम राख्दै निर्वाचन सुरक्षामा खटिएको बताएको छ । विज्ञप्ति जारी गर्दै सेनाले एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरेर काम गरिरहेको बताएको हो ।
आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौं,’ सेनाले भनेको छ,‘ सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्न–नगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’
नाको गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ ।
























