
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको एकदिन अघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएकी थिइन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएकी हुन् ।
निर्वाचन आयोगले निर्वाचनको सबै तयार पूरा गरेको छ । गृहमन्त्रालयले पनि शान्ति सुरक्षाको बन्दोबस्ती चुस्त बनाइको बताएको छ ।
























