मतदानपछि प्रचण्डले यसो भने

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ०८:२०

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरमा मतदान गरेका छन् ।

सोही क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । मतदानपछि उनले नयाँ र पुरानो भन्ने भाष्य देशको हितमा नभएको बताउँदै सही र गलतको आधारमा निर्णय गर्न अपिल गरे ।

प्रचण्डले भने, ‘सबैले दलको योजना, कार्यक्रम र राष्ट्र, जनता, लोकतन्त्रको पक्षमा कुन दल छ हेरेर विवेक प्रयोग गर्नुहोस् ।’ उनले सही पक्षमा उभिनुपर्नेमा जोड दिंदै नयाँ–पुरानो भन्ने विभाजन देश र लोकतन्त्रको हितमा नरहेको दोहोर्‍याए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.