उदयपुरमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ घाइते

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १५:५६

गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परेर चौदण्डीगढी नगरपालिका–५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही स्थानका १८ वर्षीय मौषम चौधरी र २३ वर्षीय अशोक चौधरी दुर्घटनामा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरन्जन थापाका अनुसार घाइतेहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.