मोरङमा ५२ प्रतिशत खस्यो मत

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १६:२९

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा करिब ५२ प्रतिशत मत खसेको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१.९४ प्रतिशत मत खसेको हो ।

मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन् । जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरु छन् । मतदानको साझ ५ बजेसम्मका लागि तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.