
विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । बेलुका ४ बजेसम्मको विवरण अनुसार कोशी प्रदेशमा १८ लाख १८ हजार बढीले मतदान गरेका छन् ।
कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० जना मतदाता छन् । ती मध्ये १८ लाख १८ हजार जनाले मतदान गरेका हुन् ।
प्रदेशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रहरीले जनाएको छ ।
























