
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको थियो ।
मतदानको समय सकिएपनि मतदानका लागि लाइन बसेकाहरुलाई भने मतदान गर्न पाउनेछन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार ५ बजे भित्र मतदान स्थल परिसरमा आएका मतदाताले मतदान गर्न पाउनेछन् । ‘समय सकिएपनि मतदान स्थल परिसरमा रहेका मतदाताहरुले मत खसाल्न पाउँछन्,’ उनले भने,‘ मतदान सकिएपछि मतगणना स्थलसम्म मतपेटिका संकलन हुनेछ ।’
मतगणनाका लागि जिल्लाका ६ वटा क्षेत्रमा छुट्टा छुट्टै स्थानमा तोकिएको छ-
क्षेत्र नम्बर १ : उर्लाबारी नगरपालिकाको कार्यालय
क्षेत्र नम्बर २ : विश्वनाथ मन्दिर, सिजुवा
क्षेत्र नम्बर ३ : भगवती माध्यमिक विद्यालय, बेलबारी
क्षेत्र नम्बर ४ : जनता नमुना माध्यमिक विद्यालय, विराटनगर
क्षेत्र नम्बर ५ : सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर
क्षेत्र नम्बर ६ :आदर्श माध्यमिक विद्यालय, विराटनगर
मोरङका प्रमुख जिल्ला अधिकारी मतपेटिका संकलनपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी छ ।
























