
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा ६४.५६ प्रतिशत मतदान भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार ५ लाख ५ हजार ५१४ मतदाताले मतदान गरेका हुन् । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता छन् । ६ वटा क्षेत्र रहेको मोरङमा यो पटक उल्लेख्य मतदान भएको उनले बताए ।

























