रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार ०८:४३

काठमाडौं। रुकुम पूर्वको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार प्रचण्डले १ हजार ४ सय १५ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेका हुन्।

उनलाई नेकपा (एमाले) का उम्मेदवार लिलामणि गौतमले ४ सय ३१ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी कुसुमदेवी थापा ४ सय १७ मतसहित तेस्रो स्थानमा छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखन कुमार थापाले १ सय ७६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले बताएको छ।

सुरुवाती परिणामले रुकुम पूर्वमा प्रचण्डको पकड बलियो देखिएको छ। अन्य क्षेत्रको तुलनामा यहाँ एमाले र कांग्रेसका उम्मेदवारहरू निकै पछि परेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.