नेविसंघ अध्यक्ष दुजाङको असन्तुष्टि: ‘सुझाव नमान्दा यस्तो अवस्था आयो’

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार ०९:२२

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनका क्रममा आफ्नो सुझावलाई बेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन्। सर्लाहीमा भेटेर दिएको महत्वपूर्ण सुझावको ५ प्रतिशत पनि कार्यान्वयन नहुँदा अहिलेको चुनावी परिणाम यस्तो आएको शेर्पाले बताए।

अध्यक्ष शेर्पाले फेसबुकमा लेख्दै आफूले ‘विष पिएर’ दिएको सुझाव सभापति र उनको सचिवालयले इच्छा नदेखाएको उल्लेख गरे। राजनीति ‘वान म्यान शो’ नभएको स्मरण गराउँदै उनले बालेन्द्र शाहले समेत रवि लामिछानेसँग सम्झौता गरेर अघि बढेको उदाहरण प्रस्तुत गरे। एक्लै अगाडि बढ्न खोज्दा पार्टी र नेतृत्वले क्षति बेहोर्नुपरेको उनको आशय थियो।

निर्वाचनको प्रारम्भिक नतिजामा कांग्रेसका उम्मेदवारहरू धेरै स्थानमा पछि परिरहेका बेला पार्टीभित्रैबाट नेतृत्वमाथि प्रश्न उठ्न थालेको यस घटनाले पुष्टि गरेको छ। विशेषगरी युवा नेताहरूबीचको यो आन्तरिक खिचातानीले कांग्रेसभित्र नयाँ बहस सिर्जना गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.