मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार १३:००

काठमाडौं। हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरी जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत प्राप्त गरे। गौचन र विष्टबीचको मतान्तर १ हजार ५ सय १ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका गौचन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।

यो जितसँगै मुस्ताङमा नेपाली कांग्रेसले आफ्नो विरासत जोगाउन सफल भएको छ। मुस्ताङका दुवै प्रदेशसभा क्षेत्रको नतिजा पनि आउने क्रममा रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.