
विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह दमक पुगेका छन् । शुक्रबार दिउँसो प्लेन मार्फत विराटनगर आएका उनी दमक स्थित सचिवालय पुगेका हुन् । दमक पुग्नुअघि उनी उर्लाबारी स्थित ससुराली घरमा पुगेका थिए ।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाह प्रतिनिधिसभा निर्वाचनको मतगणनामा फराकिलो अग्रता बनेपछि दमक पुगेका हुन् ।
झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग उनको मतान्तर ५ हजार १२३ ले बढी छ । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।
बिहीबार हेलिकप्टर मार्फत आएका आधाबाटोबाटै काठमाडौं फर्किएका थिए ।
























