
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएकाे १६५ क्षेत्रकाे मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपा अगाडि छ । रास्वपाले अग्रता लिइरहँदा अन्य पूराना दलहरू भने ठूलाे अन्तरले पछाडि छन् । शनिबार बिहानसम्म रास्वपाले १७ क्षेत्र जितेकाे छ ।
धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् । उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् ।अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भएका हुन् । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए । एमालेले जित्दै आएको क्षेत्रमा रास्वपा उम्मेदवार पाैडेलले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् । रास्वपाबाट सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।
२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम काठमाडाैं ४ बाट निर्वाचित भए । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भए । काठमाडाैं ८ बाट विराजभक्त श्रेष्ठ पुन निर्वाचित भएका छन् ।
काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । काठमाडौं– १ बाट रञ्जु दर्शना (नेउपाने) विजयी भइन् । काठमाडौं–९ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । मोरङ–६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् ।
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् । रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् ।
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । अहिलेसम्म नेपाली कांग्रेसले मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी चार वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ । दैलेख १ मा बासना थापा विजयी भएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मनाङ १ बाट टेकबहादुर गुरुङले जित निकालेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले दुई सिटमा जितेको छ ।
रूकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भए । कालिकोटबाट महेन्द्र बहादुर शाही विजयी भए ।
नेकपा एमालेले पहिलो जित बाँके–२ बाट निकालेको हो । एमालेमा नवप्रवेशी मोहम्मद ईश्तियाक राईले बाँके–२ बाट पहिलो जित दिलाए ।
























