फाेटाे फायलविराटनगर । झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र (बालेन) शाहले भारी मतका साथ आफ्नो अग्रतालाई कायम राखेका छन् ।
६७ हजार ८ सय ५५ मत गणना हुँदा उनी ४२,५४३ मत मतसहित अगाडि छन् । दाेस्राे स्थानमा रहेका केपी शर्मा ओलीले ११,४२७ मत पाएका छन् ।
समिर तामाङले ७,१०४ मतसहित पछ्याइरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब गणना हुन ३८ हजार ५ सय १७ मत बाँकी रहेको छ ।
























