शेखर कोइरालाको पराजयपछि क्षेत्रीय सहसचिव गिरीको राजीनामा

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १२:३६

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्वाचनमा पराजय भएपछि मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सहसचिव केशव गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । पार्टीले गरेका राम्रा काम र परिवर्तनलाई जनतासम्म पुर्‍याउन नसकेको स्वीकार गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै गिरीले पदमा नरहे पनि पार्टी संगठनलाई मजबुत बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.