अछाम–१ बाट भीम रावल पराजित

Share this
638shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १५:४९

अछाम । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावल पराजित भएका छन् ।

नेकपाका उम्मेदवार रावल कांग्रेसका भरतकुमार स्वारसँग ५२८ को झिनो मतान्तरले पराजित भएका हुन् । स्वारले १० हजार ७५८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रावल १० हजार २३० मतमा रोकिए ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का दीपक साउदले ७ हजार ३८६ र रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)का ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.