माेरङ क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार कार्की विजयी

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १७:२४

विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे । यो मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाको भन्दा २५ हजार ३ सय बढी हो ।

बगडियाले १५ हजार ६ सय २४ मतमा चित्त बुझाउनु पर्यो ।  नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल तेस्रो स्थानमा खुम्चिएका छन् । रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.