
विराटनगर । झापाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बालेन शाहलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।
जेनजी आन्दोलनपछि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न भन्दै झापा आएका बालेनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरे । शाहले ६८,३४८ मत प्राप्त गर्दा मुख्य प्रतिद्वन्द्वी केपी शर्मा ओलीले मात्र १८,७३४ मत प्राप्त गरे । शाह र ओलीबीचको मतान्तर ४९,६१४ रहेको छ ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि ओलीले बालेनलाई शुभकामना दिदै भनेका छन्,‘ बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना ।’
























