
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणी न्यौपाने निर्वाचित भएका छन् । २७,३६७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७,५२२ मत पाइन् ।
नेपाली कांग्रेस उम्मेदवार खड्ग बहादुर फागोले ११,९८६, नेकपा एमाले उम्मेदवार घनश्याम खतीवडाले ९,८२३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार कुलप्रसाद साम्बाले २,२२४ मत प्राप्त गरे ।
























