
खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार विजयी भएका छन् । हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको पार्टीबाट उमेदवार बनेका आरेन राई निर्वाचित भएर श्रम संस्कृतिको खाता खोलेका हुन् ।
उनी १६ हजार ६१२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा (एमाले)का देवविक्रम राई १२ हजार ७१४ मतमा सीमित भए । कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मत पाएर तेस्रो भए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरि रोकाले ९ हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले ५ हजार ७०४ मत पाएका छन् ।
























