
इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) १ण् हजारभन्दा बढी मतले अगाडि रहेका छन् ।
हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पछि पार्दै साम्पाङ अग्रस्थानमा रहेका हुन् । हालसम्मको गणनामा साम्पाङले ३४ हजार ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार गोमा तामाङ (सरिन)को २३ हजार ४२५ मत छ ।
हालसम्मको मतपरिणाम अनुसार साम्पाङले तामाङभन्दा १० हजार ६३७ मतको अग्रता बनाएका छन् । अन्य उम्मेदवारहरू भने निकै पछाडि परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सूर्यबहादुर भट्टराईले ५ हजार ८४१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का टीकाराम लिम्बूले ५ हजार ५४९ पाएका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङको ३ हजार ५७२ मत छ ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । तर, हालसम्मको मतपरिणामले साम्पाङ विजयनजिक रहेको देखाउँछ ।
























